मेसी निर्णायक बन्दा शिर्ष स्थानमा उक्लियो बार्सा (भिडियोसहित)

एजेन्सी । खेलको अन्तिमतिर अर्जेन्टिनी स्टार लियोनल मेसी निर्णायक बन्दा साविक विजेता बार्सिलोना ला लिगाको अंकतालिकामा फेरि शिर्ष स्थानमा उक्लिएको छ ।

आइतबार अबेर राती भएको कडा भिडन्तमा बार्साले एटलेटिको मेड्रिडलाई उसकै घरमा १–० ले हरायो । बार्साको जितमा खेल सकिन चार मिनट बाँकी छँदा मेसीले पेनाल्टी एरिया नजिकैबाट सुन्दर गोल गरे । जुन निर्णायक पनि बन्यो ।

यस सिजन मेसीको यो १० खेलमा ११औं गोल समेत थियो । यो जितपछि १४ खेलबाट ३१ अंक जोडेको बार्साले समान अंक भए तापनि गोल भिन्नताका आधारमा रियल मेड्रिड पछि पार्दै फेरि शिर्ष स्थानमा उक्लिएको हो ।

उता पराजित एटलेटिको भने २५ अंकका साथ छैठौं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...