रोनाल्डोको गोलले जोगियो युभेन्ट्स (भिडियोसहित)

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले निर्णायक गोल गरेपछि साविक विजेता तथा लिगलिडर युभेन्ट्स इटालियन सिरि ए तर्फ आइतबार सम्भावित हारबाट जोगिएको छ ।

घरेलु मैदान अलियान्ज एरिनामा भएको खेलमा युभेन्ट्सले सासुओलोसँग २–२ को बराबरी खेल्दै अंक बाँड्यो । खेलको २०औं मिनटमै कप्तान लियोनार्डो बोनुचीको गोलबाट युभेन्ट्सले खेलमा अग्रता बनाएको थियो ।

तर, लगतै २२औं मिनटमा सासुओलोका लागि जेरेमी बोगालाई बराबरी गोल फर्काएका थिए । तर दोस्रो हाफ शुरु भए लगतै युभेन्ट्सका भेट्रान तथा लिजेण्डरी गोलरक्षक जिआनलुइजी बुफोनले गल्ती गर्दा सासुओलोले दोस्रो गोल गर्न सफल भयो ।

४७औं मिनटमा फ्रान्चेस्को केपुटोले पाहुना टोलीका लागि दोस्रो गोल गरे । यद्यपि युभेन्ट्सले दोस्रो हाफमै पेनाल्टीको अवसर पाएको थियो । जसलाई ६८औं मिनटमा रोनाल्डोले गोलमा परिणत गर्दै घरेलु टोलीको हार टारेका थिए ।

यो नतिजापछि १४ खेलबाट ३६ अंक जोडेको युभेन्ट्स शिर्ष स्थानमा यथावत छ । र, दोस्रो स्थानमा रहेको इन्टर मिलानभन्दा १ अंकले मात्र माथि छ । उता पराजि सासुओलो भने १४ अंकका साथ १३औं स्थानमा खस्किएको छ । यद्यपि सासुओलोले एक खेल कम खेलेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...