भान डाइक ‘हिरो’ बन्दा दश खेलाडीमा सिमित लिभरपुललाई ११ अंकको स्पष्ट अग्रता

एजेन्सी । प्रिमियर लिगमा शनिबार लिभरपुलले दश खेलाडीमा सिमित भएर पनि महत्वपूर्ण जित हात पार्दै लिगतालिकामा ११ अंकको स्पष्ट अग्रता बनाएको छ ।

एनफिल्डमा भएको खेलमा गोलरक्षक एलिसन बेकरले रातो कार्ड खाए तापनि रेड्सले ब्राइटनमाथि २–१ को जित निकाल्यो । बक्स बाहिर ह्याण्डबल गरेपछि रेफ्रीले ७६औं मिनटमा एलिसनलाई रातो कार्ड देखाएको थियो ।

https://twitter.com/LFC/status/1200819714567610368

यद्यपि त्यतिबेलासम्म लिभरपुलले २–० अग्रता बनाइसकेको थियो । रेड्सका लागि दुवै गोल डच डिफेन्डर भर्जिल भान डाइकले १८ र २४औं मिनटमा गरेका थिए । उता पराजित पराजित ब्राइटनका लागि ७९औं मिनटमा लेविस डंकले एक मात्र सान्त्वना गोल फर्काए ।

यो जितपछि १४ खेलबाट ४० अंक जोडेको लिभरपुल शिर्ष स्थानमा यथावत छ र दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटी भन्दा ११ अंकले अगाडी छ । उता पराजित ब्राईटन भने १५ अंकका साथ १५औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...