गल्फ कप : कतारको शानदार पूनरागमन (भिडियोसहित)

एजेन्सी । आफ्नो पहिलो खेलमा इराकसँग स्तब्धपुर्ण हार बेहोरेको आयोजक तथा एसियन च्याम्प्यिन कतारले प्रतिष्ठित २४औं अरबियन गल्फ कपतर्फ शुक्रबार राती शानदार जित हात पारेको छ ।

दोहा स्थित खलिफा इन्टरनेशनल स्टेडियममा भएको समूह ए तर्फको आफ्नो दोस्रो खेलमा कतारले यमनमाथि ६–० को फराकिलो जित निकाल्यो । कतारको जितमा अब्दीलकरिम हसनले ह्याट्रिक (२९, ३६, ७२) गरे ।

थप तीन गोल भने युवा स्टार अल्मोज अली (५७), अब्दुल्ला अल–अहरक (८५) र अकरम अफिफ (९०) ले गरे । यो जितसँगै २ खेलबाट ३ अंकका साथ राम्रो गोल भिन्नताका आधारमा युएईलाई पछि पार्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

शुक्रबार नै भएको समूह ए तर्फको पहिलो खेलमा युएईले इराकसँग २–० को हार बेहोरेको थियो । स्मरण रहोस, कतारले पनि समूह चरणतर्फ आफ्नो पहिलो खेलमा इराकसँग २–१ को हारको सामना गर्नु परेको थियो ।

उता लगातार दुई जित हात पारेको इराक ६ अंकका साथ शिर्ष स्थानमा छ र सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । अंकविहीन यमन भने पुछारमा छ । कतारले समूह चरणको अन्तिम खेलमा सोमबार युएईको सामना गर्नेछ । यी दुई टोलीबीचको नतिजाले नै समूह ए बाट सेमिफाइनलमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...