जेम्सका लागि आर्सनल महँगो मुल्य तिर्न तयार

एजेन्सी । भर्खरै बाहिर आएको रिपोर्टअनुसार लण्डन क्लब आर्सनलले यहि आउँदो जनवरीमा रियल मेड्रिडका प्लेमेकर जेम्स रोड्रिगेजका लागि ३६ मिलियन पाउण्डको प्रस्ताव गर्ने तयारीमा छ ।

दुई बर्ष बायर्न म्युनिखमा बिताएका यी कोलम्बियन स्टार मेड्रिड फर्किए यता लय र फिटनेसको समस्यासँग संघर्ष गरिरहेका छन् । २८ बर्षिय जेम्सले यस सिजन ला लिगाको सात खेलमा एक गोल र केवल एक एसिस्ट मात्र मिलाउन सकेका छन् ।

यद्यपि आर्सनल बोस उनाइ एमरी भने जेम्सलाई नयाँ बर्षको शुरुवात मै लण्डन ल्याउन इच्छुक छन् । र, त्यसका लागि जस्तो सुकै चुनौति थेग्न पनि तयार रहेको कुरा विभिन्न रिपोर्टहरुले जनाएको छ ।

यस सिजन प्रिमियर लिगमा खराब लयमा देखिएको आर्सनल आफ्नो पुरानो लयमा फर्कन चाहन्छ । जर्मन स्टार मेसुत ओजिल पनि क्लबका लागि खासै जम्न नसकिरहेको बेला नर्थ लण्डन क्लब थप एक स्टार खेलाडीको खोजीमा छ ।

स्पेनीस सञ्चार माध्यमहरुका अनुसार आर्सनलले आउँदो जनवरी ट्रान्सफर विन्डोमा रोड्रिगेजका लागि ३६ मिलियन पाउण्ड खर्चिन तयार छ । जुन, उनलाई अनुबन्ध गर्न यसअघि तयार रहेका क्लबद्वय नापोली र एटलेटिको मेड्रिडको भन्दा बढी रकम समेत हो ।


प्रतिक्रिया दिनुहोस

Loading...