ज्लाटनको घरमा समर्थकले गरे हंगामा, उनको शालिकमा आगजनी

एजेन्सी । स्वीडीस स्टार ज्लाटन इब्राहिमोभिचले केही दिन अघि मात्र स्टकहोममा रहेको टप स्वीडीस क्लब हेमरबाइमा लगानी गरेपछि माल्मोका समर्थकहरुले उनको घरमा उपद्रो मच्चाएका हुन् ।

स्मरण रहोस, ३८ बर्षिय ज्लाटनले व्यवसायीक करियरको शुरुवात माल्मोबाट नै गरेका थिए । जबकी उनले हाल लगानी गरेको क्लब हेमरबाइ माल्मोको कट्टर प्रतिद्वन्द्वी मानिन्छ ।

इब्राहिमोभिचले हालै हेमरबाइको २२.५ प्रतिशत स्वामित्व किनेका थिए । तर त्यो निर्णय उनका लागि घाँडो भईदिएको छ । स्वीडेनका लिजेण्डरी फुटबलरको छवी बनाएका ज्लाटनको पूर्ण कदको शालिक माल्मोको स्टेडियम अगाडी रहेको छ । जुन माल्मोका समर्थकहरुले आगजनी गरिदिएका छन् ।

हेमरबाइको मालिक बनेपछि सञ्चारमाध्यमहरुले ज्लाटनलाई यसले माल्मोका समर्थकहरुलाई केही असर पार्ने हो कि भन्ने प्रश्न गर्दा, ज्लाटनले भनेका थिए, “मैले माल्मोका लागि जे गरे, त्यो सधै त्यहिं रहिरहनेछ । यो फरक अवस्था हो । यसले मेरो करियर कहाँबाट शुरु भएको थियो, त्यसमा कुनै अर्थ राख्दैन ।”


प्रतिक्रिया दिनुहोस

Loading...