आर्सनललार्य जापानिज मिडफिल्डर बाधक (भिडियोसहित)

एजेन्सी । युरोपा लिगतर्फ महत्वपूर्ण मानिएको खेलमा घरमै पराजित भएपछि आर्सनलले नकआउट चरण प्रवेशका लागि समूह चरणको अन्तिम खेलसम्म पर्खनन पर्ने भएको छ ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले जर्मन क्लब फ्रान्कफर्टसँग २–१ को स्तब्धपुर्ण हार बेहोर्यो । यो हारले आर्सनल म्यानेजर उनाइ एमरीमाथि पनि थप दबाब थपिएको छ ।

खेलमा शुरुवाती अग्रता बनाएर पनि आर्सनलले त्यसलाई जोगाउन सकेन । पहिलो हाफको इन्जुरी समयमै गाबोन स्टार पिएरे एमरिक औबमेयाङले आर्सनलका लागि गोल गरेका थिए ।

तर गनर्सले दोस्रो हाफमा दश मिनटको अन्तरालमा दुई गोल खान पुग्यो । फ्रान्कफर्टका लागि जापानिज मिडफिल्डर दाइची कमादाले ५५ र ६४औं मिनटमा लगातार दुई गोल गर्दै पाहुना टोलीको सनसनीपूर्ण जित पक्का गरे ।

बिहाबारको यो नतिजासँगै हारका बावजुद ५ खेलबाट १० अंक जोडेको आर्सनल शिर्ष स्थानमा छ । ९ अंक जोडेको फ्रान्कफर्ट दोस्रो स्थानमा छ भने भिटोरिया गुलमराईससँग १–१ को बराबरी खेलेको स्टान्टडर्ड लिगे ७ अंकका साथ तेस्रो तथा २ अंक जोडेको भिटोरिया गुलमराईस पुछारमा छ ।

समूह चरणको अन्तिम खेलमा आर्सनलले स्टान्डर्ड लिगेसँग उसकै घरमा खेल्नेछ । जुन खेलमा आर्सनललाई निश्चित जित वा बराबरीसहित अंकको खाँचो रहनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...