कजाखस्तानमा हार्यो म्यानचेष्टर (भिडियोसहित)

एजेन्सी । युरोपा लिगतर्फ यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको म्यानचेष्टर युनाइटेडले बिहीबार राती समूह चरणको खेलमा पहिलो हार बेहोरेको छ । अधिकांश युवा खेलाडीलाई लिएर मैदानमा उत्रिएको रेड डेविल्सले घरेलु टोली अस्तानासँग २–१ को हार बेहोर्यो ।

जेसे लिंगार्डले दशौं मिनटमा गरेको गोलबाट खेलमा अग्रता बनाएको युनाइटेडले त्यसलाई पहिलो हाफसम्म मात्र जोगाउन सक्यो । उता ५५औं मिनटमा डिमित्री शोमकोले युनाइटेडका लागि बराबरी गोल फर्काए । त्यस्तै ६२औं मिनटमा जोएल बर्नार्डले आत्मघाती गोल गर्न पुगेपछि म्यानचेष्टर २–१ ले पछि पर्न पुगेको थियो । जुन खेलको निर्णायक नतिजा समेत बन्यो ।

सोही समूहमा रहेका एजेड अल्कमार र पार्टिजनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । जितका बावजुद अस्ताना र बराबरी खेललेको पार्टिजन समूह चरणबाट बाहिरिएका छन् । त्यस्तै १० अंक जोडेको म्यानचेष्टर युनाइटेड र ९ अंक जोडेको पार्टिजन भने नकआउट चरणमा पुग्न सफल भएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...