म्यानचेष्टर सिटीको मालिकले किन्यो भारतीय क्लब मुम्बई

एजेन्सी । विश्व फुटबलमा एकपछि अर्को लगानी गरिरहेको सिटी फुटबल ग्रुप (सिएफजी) ले भारतीय सुपर लिग क्लब मुम्बई सिटी एफसी किन्ने पक्का भएको छ । सिएफजीले मुम्बईको ६५ प्रतिशत स्वामित्व आफनो गर्ने पक्का भएको हो । बाँकी ३५ प्रतिशत भने बलिउड नायक रणविर कपुरको स्वामित्वमा रहनेछ ।

स्मरण रहोस, यो लगानीसँगै सिएफजीको स्वामित्वमा रहेको क्लबहरुको संख्या आठ पुगेको छ । सिएफजी कै स्वामित्वमा इङलिस च्याम्पियन म्यानचेष्टर सिटी, अमेरिकी क्लब न्युयोर्क सिटी एफसी, अष्ट्रेलियन क्लब मेलबर्न सिटी एफसी, स्पेनीस क्लब जिरोना, जे लिग क्लब योकोहामा एफसी जस्ता क्लबहरु रहेका छन् ।

सन् २०१४ मा स्थापित मुम्बई सिटी एफसीको प्रशिक्षकीय जिम्मेवारी यसअघि म्यानचेष्टर सिटीकै पूर्व स्टारद्वय दुई पिटर रिड र निकोलस एनेल्काले निभाएका थिए । साथै म्यानचेष्टर युनाइटेड र उरुग्वेका पूर्व लिजेण्डरी स्टार डिएगो फोर्लानले पनि हालै (२०१६) मुम्बईबाट सुपर लिग खेलेका थिए ।

गत सिजन इण्डिन सुपर लिगको तेस्रो स्थानमा रहेको मुम्बई यस सिजन पाँच खेलको समाप्ती पश्चात लिगतालिकाको सातौं स्थानमा रहेको छ । सिएफजीको स्वामित्वमा आएसँगै मुम्बईले अब फुटबलमा निकै फड्को मार्ने धेरैले अनुमान गर्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...