गल्फ कप डिफेन्डिङ च्याम्पियन ओमान रोकियो, कुवेतको विजयी शुरुवात

एजेन्सी । कतारमा जारी २४औं गल्फ फुटबल प्रतियोगितातर्फ साविक विजेता ओमानले पहिलो खेलमै बराबरी खेल्दै अंक बाँडेको छ । समूह बी मा रहेको ओमानले बुधबार राती बहराईनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

त्यस्तै सोही समूहको अर्को खेलमा कुवेतले साउदी अरबमाथि ३–१ को जित निकाल्दै प्रतियोगितामा प्रभावशाली शुरुवात गरेको छ । दोहा स्थित अब्दुल्लाह बिन खलिफा स्टेडियममा भएको खेलमा कुवेतका लागि ४३औं मिनटमा अहमद अल–देफिरीले पहिलो गोल गरे ।

पहिलो हाफ कै इन्जुरी समयमा सामी अल सनियाले कुवेतको त्यो अग्रता दोब्बर पारे । त्यस्तै तेस्रो गोल भने ९०औं मिनटमा मुबारक अल–फनेनीले गरे । उता पराजित साउदीका लागि इन्जुरी समयको ९६औं मिनटमा फिरास अल–बुरैकनले एक मात्र सान्त्वना गोल फर्काए ।

समूह चरणतफै कुवेतले आफ्नो दोस्रो खेल शनिबार साविक विजेता ओमानसँग खेल्नेछ भने सोही दि साउदी अरब र बहराईन पनि आमने सामने हुनेछन् । प्रतियोगितामा सहभागि कुल ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...