क्यान्सरलाई जितेका १९ बर्षिय डिफेन्डरले युरोपा लिगमा डेब्यु गर्दै

एजेन्सी । क्यान्सर जस्तो डरलाग्दो रोगलाई पराजित गरेर फर्किएका १९ बर्षिय म्याक्स टेलरले म्यानचेष्टर युनाइटेडको सिनियर टोलीमा डेब्यु गर्ने पक्का भएको छ । टेष्टीकुलर क्यान्सरको उपचार पश्चात् १२ महिनापछि मैदानमा फर्किन लागेका टेलरले युरोपा लिगतर्फ रेड डेविल्सका लागि डेब्यु गर्ने निश्चित भएको हो ।

युरोपा लिगतर्फ समूह एलमा रहेको म्यानचेष्टरले बिहीबार कजाखी टोली अस्तानासँग उसकै घरेलु मैदानमा खेल्दैछ । सेप्टेम्बरमा मात्र उनी क्यान्सर मुक्त भएको भन्ने कुरा चिकित्सकले पुष्टी गरेपछि उनी मैदानमा फर्किएका थिए ।

अस्ताना विरुद्ध खेल्ने म्यानचेष्टर युनाइटेडको १८ सदस्यीय टोलीमा १४ जना युृवा खेलाडीहरुलाई मात्र म्यानेजर ओले गुनार सोल्सायरले समावेश गरेका छन् । समूह चरणतर्फ ४ खेलबाट १० अंक जोडेको म्यानचेष्टर नकआउट चरणका लागि यसअघि नै छनौट भईसकेको छ ।

रोचक कुरा त अस्ताना विरुद्ध खेल्ने अधिकांश खेलाडीहरुको उमेर २० बर्षको हाराहारीमा छ । साथै, उनीहरुले अहिलेसम्म सिनियर टोलीका लागि एउटै खेल पनि खेलेका छैनन् । त्यसैले पनि कजाखस्तानको भ्रमण यी युनाइटेडका लागि युवा खेलाडीहरुको लागि स्मरणीय बन्ने पनि निश्चित छ ।


प्रतिक्रिया दिनुहोस

Loading...