प्रतिष्ठित गल्प कप शुरु, आयोजक कतार उद्घाटन खेलमै स्तब्ध

एजेन्सी । गल्फ कप फुटबल फेडरेशनको आयोजनामा शुरु प्रतिष्ठित २४औं गल्फ कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमै तीनपल्टको विजेता तथा आयोजक राष्ट्र कतार पराजित भएको छ ।

दोहा स्थित खलिफा इन्टरनेशनल स्टेडियममा भएको समूह ए तर्फको उद्घाटन खेलमा कतारले पूर्व विजेता इराकसँग २–१ को स्तब्धपुर्ण हार बेहोर्यो । इराकको जितमा मोहम्मद कासिमले १९ र २७औं मिनटमा गरेको गोल प्रर्याप्त बन्यो ।

उता पराजित कतारका लागि दोस्रो हाफतर्फ ४९औं मिनटमा अब्दुल्लाजिज हातेमले एक गोल फर्काए तापनि त्यो घरेलु टोलीको हार टार्न प्रर्याप्त बनेन ।

त्यसैगरी सोही समूहमा रहेको अर्को टोली युएईले यमनमाथि ३–० को जित निकाल्यो । युएइृका लागि अलि अहमद मबखुतले ह्याट्रिक गरे । पहिलो दिनको नतिजापश्चात् ३–३ अंक जोडेका युएई र इराक क्रमश शिर्ष दुइृ स्थानमा छन् । त्यस्तै कतार तेस्रो र यमन पुछारमा छ ।

जारी प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको बलियो समूहका रुपमा समूह बी रहेको छ । जहाँ साविक विजेता ओमान, साउदी अरब, कुवेत र बहराईन रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...