एटलेटिको विरुद्ध डायबलाको फ्रिकिक निर्णायक (भिडियोसहित)

एजेन्सी । अर्जेन्टिनी स्टार पाउलो डाबलाले गरेको आकर्षक फ्रिकिक गोल निर्णायक बन्दा च्याम्पियन्स लिगको समूह डी तर्फ युभेन्ट्सले एटलेटिको मेड्रिडलाई १–० ले हराएको छ । साथै यो जितसँगै इटालियन च्याम्पियनले समूह डी को विजेता बन्दै नकआउट चरणमा पुग्ने निश्चित समेत गरेको छ ।

नकआउट चरणमा यसअघि नै स्थान बनाइसकेको युभेन्ट्सका लागि पहिलो हाफको इन्जुरी समयमा डायबलाले गरेको सुन्दर फ्रिकिक गोल नै निर्णायक बन्यो । च्याम्पियन्स लिगमा समूह चरणतर्फ लगातार चौथो जित हात पारेको युभेन्ट्स ५ खेलबाट १३ अंकका साथ शिर्ष स्थानमा छ ।

त्यस्तै ७ अंक जोडेको एटलेटिको दोस्रो स्थानमा छ । एटलेटिकोले नकआउट चरणमा स्थान सुरक्षित गर्न अर्को महिला हुने समूह चरणको अन्तिम खेलमा मस्कोलाई हराउनु पर्नेछ । मंगलबार नै लोकोमोटिव मस्कोलाई २–० ले हराएको वायर लेभरकुसेन ६ अंकका साथ तेस्रो स्थानमा छ । उता ३ अंक जोडेको मस्को भने पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...