अफ्रिकी बर्ष खेलाडीको शर्टलिस्टमा लिभरपुलका तीन स्टार्स

एजेन्सी । अफ्रिकन फुटबल फेडरेशनले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको प्रतिष्ठित अफ्रिकी बर्ष खेलाडीको शर्ट लिस्टमा लिभरपुलका तीन स्टार्स मोहमद सलाह, साडियो माने र नावी किटा परेका छन् ।

पछिल्ला दुई बर्ष लगातार यो अवार्डमाथि कब्जा जमाएका सलाह यसबर्ष पनि यसको दावेदार छन् । इजिप्शियन स्टारले यस बर्ष पनि यो अवार्ड जिते उनले अवार्डमाथि ह्याट्रिक पनि जमाउने छन् ।

त्यस्तै सेनेगलका स्टार साडियो माने गत बर्षको उपविजेता पनि हुन् । साथै गुएनाका नावी किटा पनि यसको बलियो हकदार मानिएका छन् । यी तीन स्टार्सले गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउन अहम भूमिका खेलेका थिए ।

यस बर्ष यो अवार्डमाथि प्रिमियर लिग कै दश खेलाडीहरुको दबदबा रहने देखिन्छ । त्यसमध्ये म्यानचेष्टर सिटीका अल्जेरियन स्टार रियाद महरेज पनि छन् । यसै बर्ष अल्जेरियालाई अफ्रिका कप अफ नेशन्सको उपाधि जिताउन महरेजको भूमिका प्रशंसनीय थियो ।

त्यस्तै आर्सनलका दुई स्टारद्वय पिएरे एमरिक औबमेयाङ र निकोलास पेपे पनि यो अवार्डको शर्ट लिस्टमा छन् । उता लेस्टर सिटीका विलफ्रेड एनडिडी, क्रिस्टल प्यालेसका जोर्डन आयु, विलफ्रिड जाहा तथा एस्टन भिल्लाका ट्रेज्ग्वेट पनि यो सूचीको हकदारमा सामेल छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...