ऐतिहासिक र प्रतिष्ठित जितका साथ फ्लेमेंगो क्लब विश्वकपका लागि छनौट

एजेन्सी । दक्षिण अमेरिकी क्लब फुटबल कै सबैभन्दा ठूलो र प्रतिष्ठित कोपा लिबर्टाडोरेस फुटबल प्रतियोगिताको उपाधि ब्राजिलियन जायन्ट फ्लेमेंगोले जितेको छ ।

शनिबार पेरुको राजधानी तथा ठूलो लिमामा भएको फाइनल भिडन्तमा फ्लेमेंगोले अर्जेन्टिनी महारथी रिभर प्लेटलाई २–१ ले हरायो । खेलको १४औं मिनटमै राफेल बोरेको गोलबाट अग्रता बनाएको रिभर प्लेटले त्यसलाई जोगाउन सकेन ।

उता खेलमा उत्कृष्ट पूनरागमन गरेको फ्लेमेंगोका लागि ग्याब्रियल बारबोसाले ८९ र इन्जुरी समयको ९२औं मिनटमा नाटकीय गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएका थिए ।

फाइनल खेल निकै प्रतिस्पर्धात्मक र आक्रमक बन्दा दुवै टोली दश खेलाडीमा समेत सिमित भएका थिए । फ्लेमेंगोका लागि निर्णायक बनेका बारबोसा र रिभर प्लेटका एक्सीक्वील प्यालेसियसले रातो कार्ड खाँदै मैदान छाडेपछि दुवै टोली दश खेलाडीमा समेत सिमित भएको थियो ।

फ्लेमेंगोको यो इतिहास कै दोस्रो कोपा लिबर्टाडोरेस उपाधि पनि हो । यसअघि ब्राजिलियन जायन्टले अन्तिमपटक सन् १९८१ मा यो उपाधि जितेको थियो । यो उपाधिसँगै फ्लेमेंगो यसै बर्ष कतारमा हुने फिफा क्लब विश्वकपका लागि दक्षिण अमेरिकी च्याम्पियनका रुपमा छनौट समेत भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...