एजेन्सी । शुरुवाती गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले प्रिमियर लिगमा शनिबार राती साविक विजेता म्यानचेष्टर सिटीसँग इतिहाद स्टेडियममा २–१ को हार बेहोरेको छ ।
पछिल्ला सात अवे खेलहरुमा जित हात पारेको चेल्सीले शनिबार भने शुरुवाती अग्रता बनाएर चुक्यो । खेलको ३१औं मिनटमा एन्गोलो कान्टेको गोलबाट चेल्सीले खेलमा अग्रता लिएको थियो ।
FT: Man City 2-1 Chelsea
There goes the final whistle!
Chelsea came racing out of the traps but Man City turn it around to win.
Reaction: https://t.co/DTP4QJoS0a#MCICHE #bbcfootball pic.twitter.com/Uju4nxulGu
— BBC Sport (@BBCSport) November 23, 2019
तर दश मिनट बित्न नपाउँदै २९औं मिनटमा केभिन डि ब्रुइनले सिटीका लागि बराबरी गोल गर्दा ३७औं मिनटमा रियाद महरेजले दोस्रो गोल गरे । पहिलो हाफ मै भएका यी तीन गोल खेलको निर्णायक नतिजा बन्यो ।
यो जितपछि १३ खेलबाट २८ अंक जोडेको सिटीले चेल्सीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ । उता पराजित चेल्सी भने २६ अंकका साथ चौथो स्थानमा रहेको छ ।
That winning feeling…
For the 400th time in the @premierleague!
🔵 #ManCity pic.twitter.com/LmCF3kHISf
— Manchester City (@ManCity) November 23, 2019