युभेन्ट्सको उत्कृष्ट कमब्याक (भिडियोसहित)

एजेन्सी । शुरुवाती गोल खाएर पछि परेको लिगलिडर तथा साविक विजेता युभेन्ट्सले इटालियन सिरि ए तर्फ शनिबार उत्कृष्ट पूनरागमन गर्दै प्रभावशाली जित हात पारेको छ ।

पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो बिना उत्रिएको युभेन्ट्सले शनिबार एनलान्टालाई उसकै घरमा ३–१ ले हरायो । खेलमा सबै गोल दोस्रो हाफमा भए । ५६औं मिनटमा एटलान्टाले एरोन मिजर्सको गोलबाट खेलमा सनसनीपूर्ण अग्रता बनाएको थियो ।

तर घरेलु टोलीले त्यसलाई अन्तिमसम्म जोगाउन सकेन । खेलको ७४ र ८२औं मिनटमा गोन्जालो हिग्वेनले युभेन्टसका लागि लगातार दुई गोल गरे । त्यस्तै अन्तिमतिर इन्जुरी समयमा पाउलो डायबलाले तेस्रो गोल गर्दै लिगलिडरको सहज जित पक्का गरे ।

यो जितपछि १३ खेलबाट ३५ अंक जोडेको युभेन्ट्स शिर्ष स्थानमा यथावत छ र दोस्रो स्थानमा रहेको इन्टर मिलानभन्दा ४ अंकले अगाडी छ । यद्यपि इन्टरले एक खेल कम खेलेको छ । उता पराजित एटलान्टा भने २२ अंकका साथ पाँचौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...