नेमार फर्किदा पिएसजीलाई ११ अंकको अग्रता (भिडियोसहित)

एजेन्सी । चोटका कारण लामो समयपछि मैदान फर्किएका ब्राजिलियन स्टार नेमारले फ्रेन्च लिग वानमा आफ्नो पूनरागमन गर्दा गोल गर्न नसके तापनि पिएसजीले आफ्नो शिर्षतालाई भने कायम राखेको छ ।

शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा पिएसजीले लिलेलाई २–० ले हरायो । टोलीको पहिलो रोजाईमै परेका नेमारले पूरा समय भने खेलेनन् । उनलाई ६५औं मिनटमा काइलन एम्बाप्पेले विस्थापित गरेका थिए । स्मरण रहोस, इन्टरनेशनल ड्युटीका क्रममा ह्यामस्ट्रिङको चोट बल्भिएपछि गत अक्टुबर यता नेमार मैदानमा उत्रिएका थिएनन् ।

पिएसजीको जितमा यस सिजन शानदार लयमा देखिएका अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीले १७औं मिनटमा पहिलो गोल गरे । इन्टर मिलानबाट लोनमा खेलिरहेका इकार्डीको यो ९ खेलमा दशौं गोल थियो । त्यस्तै अर्को गोल एन्जल डि मारियाले ३१औं मिनटमा गरे ।

यो जितपछि १४ खेलबाट ३३ अंक जोडेको पिएसजी शिर्ष स्थानमा छ र एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको मार्सेली भन्दा ११ अंकले अगाडी छ । उता पराजित लिले भने १९ अंकका साथ सातौं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...