तीन महिना मै म्याराडोनाले छाडे जिम्मेवारी

एजेन्सी । अर्जेन्टिनी लिजेण्ड डिएगो म्याराडोनाले नयाँ प्रशिक्षकीय जिम्मेवारी सम्हालेको तीन महिना मै राजिनामा दिएका छन् । अर्जेन्टिनाको टप डिभिजन क्लब जिम्नासिया डे ला प्लाटामा ५९ बर्षिय म्याराडोना म्यानेजरका रुपमा गत सेप्टेम्बरमा मात्र नियुक्त भएका थिए ।

म्याराडोनाले सन् २०१० पछि घरेलु मैदानमा क्लबको प्रशिक्षकीय जिम्मेवारी सम्हालेको यो पहिलोपटक थियो । यद्यपि उनले त्यो जिम्मेवारीलाई लामो समय निरन्तरता दिन सकेनन् ।

म्याराडोनाले जिम्नासियाको जिम्मेवारी सम्हालेपछि क्लबले ८ मध्ये ३ खेल जित्दै लिगतालिकाको २२औ. स्थानमा उक्लिएको थियो । स्मरण रहोस, अर्जेन्टिना फर्किनु अघि उनले मेक्सिकन दोस्रो डिभिजनको क्लब डोराडोसको पनि जिम्मेवारी सम्हालेका थिए ।

यद्यपि त्यतिबेला उनले स्वास्थ्य समस्यालाई कारण जनाउँदै मेक्सिकन क्लबको प्रशिक्षकीय जिम्मेवारी छाडेका थिए । सन् १९८६ को विश्वकप विजेता समेत रहेका म्याराडोनाले सन् २००८ देखि २०१० सम्म अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी समेत सम्हालेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...