एजेन्सी । गत जुलाईमा घरमै सम्पन्न प्रतिष्ठित कोपा अमेरिका जिते यता जितविहीन रहेको ब्राजीलले मंगबालर पाँच खेलपछि पहिलो जित हात पारेको छ । शुक्रबार मात्र साउदी अरबमा अर्जेन्टिनासँग हारेको ब्राजीलले मंगलबार अबुधाबीमा दक्षिण कोरियालाई ३–० ले हरायो ।
दक्षिण कोरिया विरुद्ध शुरुवातबाटै हावी देखिएको ब्राजीलका लागि नवौं मिनटमा लुकास पक्वेटाले पहिलो गोल गरेका थिए । पहिलो हाफ कै ३६औं मिनटमा फिलिपे काउटिन्होले त्यो अग्रता दोब्बर पारे भने दोस्रो हाफतर्फ ६०औं मिनटमा डानिलोले तेस्रो गोल गर्दै टिटेको टोलीलाई सहज दिलाए ।