सहज जितका साथ इङल्याण्डको युरो यात्रा समापन

एजेन्सी । युरो छनौटतर्फ एक खेलमा मात्र हार बेहोरेको इङल्याण्डले समूह चरणको अन्तिम खेलमा पनि सहज जितका साथ छनौट प्रतियोगिताको समापन गरेको छ ।

समूह ए बाट यसअघि नै आगामी बर्ष हुने युरोका लागि छनौट भईसकेको इङल्याण्डले आइतबार राती कोसोभोलाई उसकै घरमा ४–० ले हरायो । प्रिस्टिनामा सम्पन्न खेलमा इङल्याण्डका लागि ह्यारी विंक्सले ३२औं मिनटमा पहिलो गोल गरे । पहिलो हाफसम्म १–० को अग्रता बनाएको इङल्याण्डले दोस्रो हाफको अन्तिमतिर नाटकीय रुपमा तीन गोल गर्न सफल भएको थियो ।

हेरी केनले ७९औं मिनटमा इङलिस टोलीको अग्रता दोब्बर पारे भने ८३औं मिनटमा मार्कस रेशफोर्डले तेब्बर पारे । त्यस्तै इन्जुरी समयमा मेसन माउण्टले चौथो गोल गर्दै पाहुना टोलीको सहज जित पक्का गरेका थिए ।

समूह ए कै अर्को खेलमा बुल्गेरियाले चेक गणतन्त्रलाई १–० ले हरायो । यद्यपि हारका बावजुद चेक गणतन्त्र र इङल्याण्ड समूह ए बाट सोझै युरोका लागि छनौट भए ।

आइतबारको नतिजापछि २१ अंक जोडेको इङल्याण्ड शिर्ष स्थानमा छ भने १५ अंक जोडेको चेक रिपब्लिक दोस्रो स्थानमा छ । त्यस्तै ११ र ६ अंक जोडेका कोसोभो र बुल्गेरिया पनि प्ले अफका लागि छनौट भएका छन् । केवल ३ अंक जोडेको मोन्टेनेग्रो भने समूह चरणबाटै बाहिरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...