रोनाल्डोको गोलसँगै पोर्चुगल युरोका लागि छनौट

एजेन्सी । सुपरस्टार क्रिष्टियानो रोनाल्डोले करियर कै ९९औं अन्तर्राष्ट्रिय गोल गरेपछि डिफेन्डिङ च्याम्पियन पोर्चुगल आगामी बर्ष हुन गईरहेको प्रतिष्ठित युइएफए युरोका लागि छनौट भएको छ ।

छनौट प्रतियोगितातर्फ समूह बी मा रहेको पोर्चुगलले आइतबार समूह चरणको अन्तिम खेलमा लक्जेम्बर्गलाई उसकै घरमा २–० ले हरायो । पोर्चुगलका लागि ३९औं मिनटमा ब्रुनो फर्नान्डेसले पहिलो गोल गरे भने ८६औं मिनटमा रोनाल्डोले दोस्रो गोल गरेका थिए ।

समूह बी तर्फ कै अर्को खेलमा सर्बिया र युक्रेनले २–२ गोलको बराबरी खेले । आइतबारको नतिजापछि समग्रमा ८ खेलबाट २० अंक जोडेको युक्रेन र १७ अंक जोडेको पोर्चुगल क्रमश समूह विजेता र उपविजेता बन्दै युरोका लागि छनौट भए ।

त्यस्तै १४ अंक जोडेको सर्बिया प्ले अफका लागि छनौट भएको छ भने ४ र १ अंक जोडेका लक्जेम्बर्ग र लिथुआनिया समूह चरणबाटै बाहिरिएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...