फिफा यु–१७ विश्वकप : आयोजक ब्राजील पनि सेमिफाइनलमा, स्पेनको फराकिलो हार

एजेन्सी । उपाधिको दावेदार मध्ये एक मानिएको आयोजक ब्राजील पनि जारी फिफा यु–१७ विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम तथा चौथो क्वाटरफाइनलमा युरोपियन जायन्ट इटालीलाई २–० ले हराउँदै ब्राजीलले पनि अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

ओलम्पिक स्टेडियममा भएको खेलको छैठौं मिनटमै प्याट्रिक लान्जाले घरेलु टोलीका लागि पहिलो गोल गरे । त्यस्तै पहिलो हाफकै ४०औं मिनटमा जोआओ पेग्लोले आयोजकका लागि दोस्रो गोल गर्दै ब्राजीलको जित पक्का गरेका थिए ।

उता त्यसअघि भएको तेस्रो क्वाटरफाइनलमा फ्रान्सले पनि सेमिफाइनल यात्रा तय गर्न सफल भयो । अन्तिम चारमा स्थान सुरक्षित गर्ने क्रममा फ्रेन्च टोलीले गत संस्करणको उपविजेता स्पेनलाई ६–१ को फराकिलो अन्तरले हरायो ।


प्रतिक्रिया दिनुहोस

Loading...