फिफा यु–१७ विश्वकप:Lकोरियाको चुनौति क्वाटरफाइनलबाट समाप्त

एजेन्सी । ब्राजीलमा जारी फिफा यु–१७ विश्वकपतर्फ क्वाटरफाइनलमा पुगेको एक मात्र एसियाली टोली दक्षिण कोरियाको चुनौति पनि समाप्त भएको छ । दोस्रो क्वाटरफाइनलमा मेक्सिकोसँग १–० को झिनो अन्तरले हार बेहोर्दै कोरिया क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

यसअघि नकआउट चरणमा कोरियाले अंगोलामाथि १–० को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको थियो । मेक्सिकोको जितमा खेलको ७७औं मिनटमा अलि एविलाले एक मात्र निर्णायक गोल गरे ।

यो जितसँगै मेक्सिको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । त्यसैगरी पहिलो क्वाटरफाइनलतर्फ उपाधिको दावेदार मानिएको नेदरल्याण्डस् पनि प्रभावशाली जितका साथ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल यात्रा तय गर्ने क्रममा डच टोलीले दक्षिण अमेरिकी राष्ट्र पाराग्वेमाथि ४–१ को प्रभावशाली जित निकाल्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...