एएफसी यु–१९ महिला च्याम्पियनसिपमा जापानको ‘ह्याट्रिक’

एजेन्सी । थाइल्याण्डमा सम्पन्न यस बर्षको एएफसी यु–१९ महिला च्याम्पियनसिपको उपाधिमाथि एसियन पावर हाउस जापानले ह्याट्रिक जमाएको छ । जापानले यसअघि सन् २०१५ र २०१७ मा पनि उपाधि उचालेको थियो । साथै समग्रमा जापानको यो छैठौं उपाधि समेत हो ।

थाइल्याण्डको चोनबुरी स्टेडियममा भएको फाइनल भिडन्तमा जापानले उत्तर कोरियालाई २–१ ले हरायो । खेलमा सबै गोल दोस्रो हाफमा सम्पन्न भए । जापानका लागि ४७औं मिनटमा युजुकी यामामोटोले पहिलो गोल गरिन् भने ७२औं मिनटमा हाना ताकाहाशीले दोस्रो गोल गरिन् ।

उता पराजित उत्तर कोरियाका लागि ८२औं मिनटमा किम युन–ओकले पेनाल्टीबाट एक गोल फर्काए तापनि त्यतिबेला कोरिया खेलमा फर्कन अबेर भईसकेको थियो ।

स्मरण रहोस, सोही मैदानमाम तेस्रो स्थानका लागि भएको खेलमा दक्षिण कोरियाले अष्ट्रेलियालाई ९–१ को फराकिलो अन्तरले हराएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...