सिटीलाई हराउँदै उपाधि होडमा लिभरपुलको पकड (भिडियोसहित)

एजेन्सी । प्रिमियर लिगमा यस सिजन उत्कृष्ट लयमा रहेको लिगलिडर लिभरपुलले आइतबार अबेर राती साविक विजेता म्यानचेष्टर सिटीलाई हराउँदै उपाधि होडमा आफ्नो सम्भावना बलियो बनाएको छ ।

घरेलु मैदान एनफिल्डमा सिटीलाई ३–१ ले हराएको लिभरपुलले लिगतालिकामा ८ अंकको महत्वपूर्ण अग्रता बनाउन समेत सफल भयो । खेलमा लिभरपुलले छैठौं मिनटमै अग्रता बनाएको थियो । फाबिन्होले २५ यार्डबाट गरेको प्रहारलाई सिटीका गोलरक्षक क्लाउडियो ब्रावोले जोगाउन सकेनन् ।

पहिलो गोल गरेको ६ मिनट लगतै लिभरपुलले त्यो अग्रता दोब्बर बनायो । एन्ड्रियु रोबर्टसनको क्रस पासमा मोहमद सलाहले हेडद्वारा सुन्दर गोल गरे । त्यस्तै दोस्रो हाफको ५१औं मिनटमा साडियो मानेले त्यो अग्रता तेब्बर पारे । उता सिटीका लागि ७८औं मिनटमा बर्नाडो सिल्वाले एक गोल गरे तापनि टोलीको हार टार्न त्यो गोल प्रर्याप्त बनेन ।

यो जितपछि १२ खेलबाट ३४ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ र २६ अंकका साथ दोस्रो स्थानमा रहेको लेस्टर सिटीभन्दा आठ अंकले अगाडी छ । उता पराजित सिटी भने २५ अंकका साथ चौथो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...