सातौं स्थानमा उक्लियो म्यानचेष्टर युनाइटेड (भिडियोसहित)

एजेन्सी । सहज जितका साथ म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको अंकतालिकामा आफ्नो स्थान सुधार गर्दै सातौं स्थानमा उक्लिएको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेष्टरले ब्राइटनलाई ३–१ ले हरायो ।

म्यानचेष्टरको जितमा खेल शुरु भएको १७औं मिनटमा आन्द्रेस परिराले पहिलो गोल गरे । त्यसको दुई मिनट लगतै १९औं मिनटमा ब्राइटनका डेभी प्रपरले आत्मघाती गोल गर्न पुगेपछि घरेलु टोलीले पहिलो हाफमै दुई गोलको अग्रता बनाउन सफल भएको थियो ।

उता दोस्रो हाफको ६४औं मिनटमा लेविस डंकले ब्राइटनका लागि गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि त्यो सफल भएन । पहिलो गोल खाए लगतै आक्रमक बनेको म्यानचेष्टरका लागि त्यसको दुई मिनट लगतै ६६औं मिनटमा मार्कस रेशफोर्डले तेस्रो गोल गर्दै रेड डेविल्सको सहज जित पक्का गरेका थिए ।

यो जितसँगै १२ खेलबाट १६ अंक जोडेको म्यानचेष्टर सातौं स्थानमा उक्लिएको छ । उता पराजित ब्राइटन भने १५ अंकका साथ ११औं स्थानमा छ ।

त्यस्तै आइतबार नै भएको अर्को खेलमा वोल्भरह्याम्पटनले एस्टन भिल्लालाई २–१ ले निराश तुल्यो । यो जितपछि १२ खेलबाट १६ अंक जोडेको वोल्भ्स लिग तालिकाको आठौं स्थानमा छ । पराजित भिल्ला भने ११ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थानमाथि १७औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...