नेपाललाई ११ गोल गरेको अष्ट्रेलियाले खायो ९ गोल

एजेन्सी । थाइल्याण्डमा सम्पन्न एएफसी यु–१९ च्याम्पियनसिपतर्फ तेस्रो स्थानका लागि भएको खेलमा अष्ट्रेलियाले भारी अन्तरको हार बेहोरेको छ । चोनबुरी स्थित चोनबुरी स्टेडियममा भएको खेलमा अष्ट्रेलियाले दक्षिण कोरियासँग १–९ को फराकिलो अन्तरले हार बेहोरेको हो ।

यो हारसँगै अष्ट्रेलियाले सेमिफाइनल र तेस्रो स्थानका लागि भएको खेलमा गरेर कुल १६ गोल खाएको छ । स्मरण रहोस, सेमिफाइनलमा अष्ट्रेलियाले जापानसँग ७–० को हार बेहोरेको थियो । त्यस्तै अर्को सेमिफाइनलमा दक्षिण कोरियाले चिरप्रतिद्वन्द्वी उत्तर कोरियासँग ३–१ ले पराजित भएको थियो ।

स्मरणीय छ, एएफसी यु–१९ च्याम्पियनसिप दोस्रो चरणको छनौटतफृ म्यानमारमा भएको खेलमा अष्ट्रेलिया र नेपाल एउटै समूहमा थिए । त्यतिबेला नेपालले अष्ट्रेलियासँग आफ्नो पहिलो खेलमै ११–१ गोल अन्तरले हार बेहोरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...