लेवान्डोस्कीको शानदार गोल स्कोरिङ लय जारी (भिडियोसहित)

एजेन्सी । यस सिजन उत्कृष्ट लयमा देखिएका पोलिस स्टार रोबर्ट लेवान्डोस्कीले आफ्नो शानदार फर्मलाई निरन्तरता दिंदा बायर्न म्युनिखले शनिबार चिरप्रतिद्वन्द्वी बोरुसिया डर्टमुण्डलाई ४–० ले हराएको छ ।

घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा लेवान्डोस्कीले बायर्नका लागि दुई (१७, ७६औं मिनट) गोल गरे । यो गोलसँगै लेवान्डोस्कीको यस सिजन समग्रमा गोल संख्या २२ पुगेको छ ।

बार्यनका लागि थप दुई गोल ४७औं मिनटमा सर्जि नेब्रीले गरेका थिए भने अन्तिम गोल मेट्स हुमल्सले ८०औं मिनटमा आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

यो जितपछि ११ खेलबाट २१ अंक जोडेको बायर्न लिगतालिको तेस्रो स्थानमा उक्लिएको छ र शिर्ष स्थानमा रहेको बोरुसिया मोन्चेनग्लाडबेच भन्दा १ अंकले मात्र पछाडी छ । उता पराजित डर्टमुण्ड भने १९ अंकका साथ पाँचौं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...