पिएसजीका लागि निर्णायक बने इकार्डी (भिडियोसहित)

एजेन्सी । गत साता मात्र डिजोनसँग २–१ को स्तब्धपुर्ण हार बेहोरेको पेरिस सेन्ट जर्मेन (पिएसजी) शनिबार राती पनि फ्रेन्च लिगतर्फ लगातार दोस्रो जितविहीन नतिजातर्फ अग्रसर देखिएको थियो ।

अन्तिम समयतर्फ अर्जेन्टिनी स्टार माउरो इकार्डी निर्णायक बन्दा साविक विजेता पिएसजीले ब्रेस्टलाई उसकै घरमा २–१ ले हराएको छ । ३९औं मिनटमा अर्का अर्जेन्टिनी विंगर एन्जल डि मारियाको गोलबाट अग्रता बनाएको पिएसजीले त्यसलाई पहिलो हाफसम्म मात्र जोगाउन सक्यो ।

https://twitter.com/PSG_English/status/1193233916137635840

उता ७२औं मिनटमा सेमुएल ग्रान्डसिरले ब्रेस्टका लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । त्यसपछि खेल बराबरीतर्फ नै अग्रसर थियो । तर, पिएसजीका लागि ८५औं मिनटमा इकार्डी निर्णायक बने । र टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए ।

गत समर इन्टर मिलानबाट पिएसजीमा आवद्ध भएका इकार्डीले यस सिजन १० खेलबाट ९ गोल गरिसकेका छन् । यो जितपछि १३ खेलबाट ३० अंक जोडेको पिएसजी शिर्ष स्थानमा छ । त्यस्तै पराजित ब्रेस्ट भने १७ अंकका साथ दशौं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...