रियल र बार्सा बीच मात्र गोल भिन्नताको दुरी (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ शनिबार राती रियल मेड्रिडले आइबरलाई ४–० को फराकिलो अन्तरले हराउँदै लिगमा आफ्नो दावेदारीतालाई यथावत राख्यो । रियलका लागि करिम बेन्जेमाले दुई गोल गरे ।

आइबरको घरेलु मैदानमा भएको खेलमा रियलका लागि १७औं मिनटमा करिम बेन्जेमाले गोल गरेका थिए । लगतै २०औं मिनटमा कप्तान सर्जियो रेमोसले पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।

खेलमा एकपक्षीय नतिजा हात पारेको रियलले पहिलो हाफमा फेरि दोस्रो पेनाल्टी पाएको थियो । जसलाई यसपटक बेन्जेमाले गोल गर्दै टोलीको अग्रता ३–० पुराएका थिए । दोस्रो हाफको ६०औं मिनटमा फेडरिको भाल्भेर्डेले गोल गर्दै रियलका ४–० को प्रभावशाली जित पक्का गरेका थिए ।

लिगतालिकामा अब रियल र साविक विजेता बार्सिलोनाको समान २५–२५ अंक छ । तर शनिबार नै सेल्टा विगोलाई ४–१ ले हराएको बार्सिलोना रियल भन्दा गोल भिन्नताले अघि बढ्दै शिर्ष स्थानमा रहन सफल छ ।

२३ र २१ अंक जोडेको रियल सोसिडाड र एटलेटिको मेड्रिड क्रमश तेस्रो र चौथो स्थानमा छ । माथिका शिर्ष दुई टोलीलाई एटलेटिकोले कडा चुनौति दिन सक्ने अनुमान पनि गरिएको छ । सेभियाको पनि २१ अंक छ र पाँचौं स्थानमा छ । सेभियाले पनि शिर्ष चारका दौडमा आफ्नो बलियो दावेदारिता पेश गर्ने निश्चित छ ।


प्रतिक्रिया दिनुहोस

Loading...