मेसीको ह्याट्रिकसँगै शिर्ष स्थानमा फर्कियो बार्सा (भिडियोसहित)

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसीले ह्याट्रिक गरेपछि डिफेन्डिङ च्याम्पियन बार्सिलोना स्पेनिस ला लिगाको फेरि शिर्ष स्थानमा फर्किएको छ । घरेलु मैदान नोउ क्याम्पमा सम्पन्न खेलमा बार्साले सेल्टा विगोलाई ४–१ ले हरायो ।

मेसीले पहिलो गोल २३औं मिनटमा पेनाल्टीबाट गरे । जुनियर फिर्पोको क्रस पास बक्स भित्र रहेका विपक्षी डिफेन्डर जोसेफ एडुको हातमा लागेपछि बार्साले पेनाल्टीको अवसर पाएको थियो । जसलाई मेसीले बिना कुनै गल्ती पोष्टको जाली चुमाएका थिए ।

तर पहिलो हाफ कै ४२औं मिनटमा लुकास ओलजाले पाहुना टोलीका लागि बराबरी गोल फर्काएका थिए । तर विगोले बराबरी गोलको खुशी पनि धेरैबेर मनाउन सकेन । पहिलो हाफकै इन्जुरी समयमा मेसीले दोस्रो गोल गर्दै टोलीको अग्रता २–१ बनाए ।

त्यस्तै दोस्रो हाफ शुरु भए लगतै ४८औं मिनटमा फेरि मेसीले नै व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक समेत पूरा गरे । उता थप एक गोल ८५औं मिनटमा सर्जियो बुस्केट्सले गरे ।

यो जितपछि १२ खेलबाट २५ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा छ । त्यस्तै १३ खेलबाट ९ अंक जोडेको पराजित विगो भने रेलिगेशन क्षेत्रको १८औं स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...