ओजिल र कोलासिनेकलाई लुट्न खोज्नेलाई १० बर्ष जेल

एजेन्सी । आर्सनल क्लबका दुई स्टारद्वय मेसुत ओजिल र सिड कोलासिनेकलाई लुट्न खोज्ने आरोपीलाई १० बर्ष जेल सजाय सुनाइएको छ । बीबीसीका अनुसार ३० बर्षिय एश्ले स्मिथ नामका व्यक्तिले फुटबलरद्वयबाट २ लाख पाउण्ड बराबरीको घडी लुट्ने प्रयास गरेका थिए ।

त्यतिबेला दुवै खेलाडीले लुटेराहरुसँग प्रतिवाद समेत गरेका थिए । त्यो घट्ना सिसिटिभीमा समेत कैद भएको थियो । त्यसपछि लण्डन पुलिसले तिनीहरुको खोजी कार्य पनि तिव्र रुपमा शुरु गरेको थियो ।

अदालतमा स्मिथले सो घट्नामा आफ्नो हात रहेको स्वीकारेका थिए । त्यस्तै उनलाई सघाएको भन्दै पुलिसले २६ बर्षका जोर्डन नर्थओभरलाई पनि पक्राउ गरेको छ । यद्यपि जोर्डनबारे सजायबारे पनि अदालतले आगामी मितिमा घोषणा गर्ने बताइएको छ ।

स्मरण रहोस, गत २५ जुलाईका दिन आर्सनलका दुई स्टारद्वय मिडफिल्डर ओजिल र डिफेन्डर कोलासिनेकलाई लुटेराहरुले कारमा चढ्ने प्रयास गर्दा हतियारसहित लुट्न खोजेका थिए । यद्यपि त्यतिबेला दुवै टोलीले त्यसको प्रतिवाद समेत गरेका थिए । जुन घट्नाको भिडियो पछि निकै भाइरल र चर्चित पनि बनेको थियो ।

त्यो घट्नामा बोस्नियन डिफेन्डर कोलासिनेकको बहादुरीपुर्ण प्रदर्शनको सबैतिर चौतर्फी प्रशंसा समेत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...