फिफा यु–१७ विश्वकप : नकआउट चरणबाटै बाहिरियो अर्जेन्टिना

एजेन्सी । तीन पल्टको काँस्य पदक विजेता अर्जेन्टिना जारी फिफा यु–१७ विश्वकपको नकआउट चरणबाटै स्तब्धपुर्ण रुपमा बाहिरिएको छ । नकआउट चरणको अन्तिम खेलमा अर्जेन्टिनाले अर्को दक्षिण अमेरिकी राष्ट्र पाराग्वेसँग ३–२ को हार बेहोर्दै नकआउट चरणबाटै बाहिरिएको हो ।

त्यस्तै अर्को खेलमा इटालीले इक्वेडरलाई १–० को झिनो अन्तरले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्न सफल भयो । साथै यी दुई खेलको नतिजासँगै प्रतियोगिताको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ ।

क्वाटरफाइनलमा पाराग्वेले नेदरल्याण्डसको सामना गर्नेछ भने सोही दिन दोस्रो क्वाटरफाइनलमा दक्षिण कोरियाले मेक्सिकोसँग भिड्नेछ । त्यसैगरी तेस्रो क्वाटरफाइनलमा दुई युरोपियन हस्ती स्पेन र फ्रान्स आमने सामने हुँदा अन्तिम तथा चौथो क्वाटरफाइनलमा इटाली र आयोजक ब्राजील भिड्ने छन् ।

प्रतियोगिताको चार क्वाटरफाइनल खेलहरु आउँदो आइतबार र सोमबारका दिन हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...