फिफा यु १७ विश्वकपमा अर्को एसियाली राष्ट्र ताजिकिस्तानको पनि सनसनी

एजेन्सी । ब्राजीलमा जारी फिफा यु–१७ विश्वकपमा दोस्रोपटक सहभागिता जनाईरहेको एसियाली राष्ट्र ताजिकिस्तानले पनि जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

समूह ई मा रहेको ताजिकिस्तानले अफ्रिकी च्याम्पियन क्यामरुनलाई १–० ले स्तब्ध पार्यो । ताजिकिस्तानका लागि दोस्रो हाफतर्फ ५१औं मिनटमा शरिफेक रहमतोवले पेनाल्टीबाट एक मात्र निर्णायक गोल गरे ।

ताजिकिस्तानले समूह चरणतर्फ आफ्नो दोस्रो खेल गत संस्करणको उपविजेता स्पेनसँग खेल्नेछ । समूुह ई मै रहेका अर्का दुई टोली स्पेन र अर्जेन्टिनाले भने गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

https://twitter.com/FIFAcom/status/1189024261555609601

समूह एफ

त्यस्तै समूह एफ तर्फ दावेदार मध्ये एक इटालीले सोलोमन आइल्याण्डलाई ५–० को फराकिलो अन्तरले हराएको छ । त्यसैगरी सोही समूहमा रहेको अर्को दुई टोली पाराग्वे र मेक्सिकोले भने गोलरहित बराबरी खेलेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...