रेफ्रीलाई धकेलेकोमा रिबेरीले मागे माफी

एजेन्सी । फ्रेन्च मिडफिल्डर फ्रान्क रिबेरीले म्याच अफिसियललाई धकेलेको घट्नाप्रति सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै माफी मागेका छन् । हालै बार्यन म्युनिखबाट इटालियन क्लब फियोरेन्टिनामा आवद्ध भएका ३६ बर्षिय रिबेरीले आइतबार आफ्नो क्लब लाजियोसँग २–१ ले पराजित भएपछि निकै असन्तुष्टी पोखेका थिए ।

सो खेलको ७४औं मिनटमा वैकल्पिक खेलाडीका रुपमा मैदान बाहिरिएका रिबेरीले सहायक रेफ्री मेटिओ पासेरीलाई धकेलेका थिए । खेल पश्चात् रिबेरीले आफ रेफ्रीको निर्णयप्रति असन्तुष्ट रहेकाले खेलअवधि भर आक्रोशमा रहेको प्रतिक्रिया दिएका छन् । साथै उनले माफी पनि मागेका छन् ।

रिबेरीले ट्वीट गर्दै लेखेका छन्, “म मेरो टिमका साथीहरु, कोच तथा फ्यानहरुसँग माफी चाहन्छु । साथै म पासेरी (रेफ्री) सँग पनि माफी चाहन्छु । त्यो बेला म निकै असन्तुष्टी थिए । मलाई आशा छ, उनले मेरो मुड कुन अवस्थामा थियो भनेर मेरो भावनालाई बुझ्ने छन् ।”


प्रतिक्रिया दिनुहोस

Loading...