फिफा यु–१७ विश्वकप : नेदरल्याण्डसमाथि जापानको प्रभावशाली जित

एजेन्सी । ब्राजीलमा जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितातर्फ एसियन पावर हाउस जापानले प्रभावशाली जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ । समूह डी मा रहेको जापानले आफ्नो पहिलो खेलमा नेदरल्याण्डसलाई ३–० ले हरायो ।

जापानको जितमा यामाटो वाकासुकीले ३६ र ६९औं मिनटमा गरी दुई गोल गरे । त्यस्तै थप एक गोल भने जुन निशिकावाले ७७औं मिनटमा पेनाल्टीबाट गरेका थिए । समूह डी कै अर्को खेलमा सेनेगालले अमेरिकालाई ४–१ ले हरायो ।

दक्षिण कोरियाको पनि विजयी शुरुवात

त्यसैगरी समूह सी तर्फको एसियाली राष्ट्र दक्षिण कोरियाले पनि विजयी शुरुवात गरेको छ । विजयी शुरुवात गर्ने क्रममा कोरियाले हाइटीमाथि २–१ को जित दर्ता गर्यो । सोही समूहको अर्को खेलमा फ्रान्सले चिलीलाई २–० ले हरायो ।


प्रतिक्रिया दिनुहोस

Loading...