एल क्लासिको” रोकिदा ग्रनाडा शिर्ष स्थानमा उक्लियो

एजेन्सी । बार्सिलोनामा जारी हिंसात्मक आन्दोलनका कारण बार्सिलोना र रियल मेड्रिडबीच हुने भनिएको एल क्लासिको स्थगित भएपछि त्यसको फाईदा नवआगन्तुक टोली ग्रनाडाले उठाएको छ । स्मरण रहोस, ग्रनाडा यसै सिजन ला लिगामा बढुवा भएको नवआगन्तुक टोली पनि हो ।

स्पेनीस ला लिगातर्फ आइतबार राती भएको खेलमा रियल बेटिसलाई १–० ले हराउँदै हराउँदै ग्रनाडा सनसनीपूर्ण रुपमा लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । ग्रनाडाका लागि दोस्रो हाफको ६१औं मिनटमा अल्वारो भेडिलोले एक मात्र निर्णायक गोल गरे । भेडिलो बेटिस कै पूर्व खेलाडी समेत हुन् ।

यो जितपछि १० खेलबाट २० अंक जोडेको ग्रनाडा शिर्ष स्थानमा छ । त्यस्तै समान १९–१९ अंक जोडेको बार्सिलोना र रियल सोसिडाड क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । यद्यपि बार्सिलोनाले भने एक खेल कम खेलेको छ । त्यस्तै पराजित रियल बेटिस भने ९ अंकका साथ रेलिगेशन क्षेत्रको १८औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...