शानदार जितका साथ पिएसजीलाई ८ अंकको अग्रता (भिडियोसहित)

एजेन्सी । फ्रेन्च लिग वानमा यस सिजन पनि उत्कृष्ट लयमा देखिएको साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले उत्कृष्ट जितका साथ अंकतालिकामा ८ अंकको स्पष्ट अग्रता बनाएको छ ।

घरेलु मैदान पार्स डेस प्रिन्सेसमा आइतबार भएको खेलमा पिएसजीले मार्सेलीलाई ४–० को फराकिलो अन्तरले हरायो । खेलमा पिएसजीले सबै गोल पहिलो हाफमै गर्न सफल भएको थियो ।

पिएसजीका लागि खेलको १०औं र २६औं मिनटमा माउरो इकार्डीले लगातार दुई गोल गरे । त्यस्तै ३२ र ४४औं मिनटमा काइलन एम्बाप्पेले थप दुई गोल गर्दै घरेलु टोलीको शानदार जित सुनिश्चित गरे ।

यो जितपछि ११ खेलबाट २७ अंक जोडेको पिएसजी शिर्ष स्थानमा छ । त्यस्तै १९ अंकका साथ नान्टेस दोस्रो स्थानमा छ । उता पराजित मार्सेली भने १६ अंकका साथ सातौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...