एएफसी यु १९ महिला च्याम्पियनसिप : उत्तर कोरियासँग अष्ट्रेलिया स्तब्ध

एजेन्सी । आइतबारदेखि थाइल्याण्डमा शुरु एएफसी यु १९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितातर्फ उत्तर कोरिया र भियतनामले विजयी शुरु गरेका छन् ।

समूह ए तर्फको पहिलो र उद्घाटन खेलमा उत्तर कोरियाले अष्ट्रेलियालाई ५–१ ले हराएको छ । त्यस्तै सोही समयको दोस्रो खेलमा भियतनामले आयोजक थाइल्याण्डलाई २–० ले हरायो ।

https://twitter.com/theafcdotcom/status/1188409384679948289

समरण रहोस, गत अप्रिलमा म्यानमारमा भएको प्रतियोगिताको दोस्रो चरणको छनौटतर्फ अष्ट्रेलिया र नेपाल एउटै समूहमा परेका थिए । त्यतिबेला अष्ट्रेलियाले नेपाललाई ११–१ को फराकिलो अन्तरले हराएको थियो ।

जारी प्रतियोगितामा सहभागि कुल ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरण (क्वाटरफाइनल) मा प्रवेश गर्नेछन् ।

https://twitter.com/theafcdotcom/status/1188454263250391042


प्रतिक्रिया दिनुहोस

Loading...