फिफा यु–१७ विश्वकप शुरु, आयोजक ब्राजीलको उत्कृष्ट शुरुवात

एजेन्सी । शनिबारदेखि शुरु फिफा यु–१७ विश्वकपको १८औं संस्करणमा आयोजक ब्राजीलले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

दावेदार मानिएको आयोजक ब्राजीलले समूह ए तर्फ उद्घाटन खेलमा क्यानडालाई ४–१ ले हरायो । सोही समूहको अर्को खेलमा अंगोलाले न्युजिल्याण्डलाई २–१ ले निराश तुल्यायो ।

त्यस्तै आइतबार भएको समूह बी तर्फको पहिलो खेलमा नाइजेरियाले हंगेरीलाई ४–२ ले पराजित गर्यो । समुह बी कै अर्को खेलमा इक्वेडरले अष्ट्रेलियालाई २–१ ले हराउन सफल भयो ।


प्रतिक्रिया दिनुहोस

Loading...