बुण्डेसलिगामा लेवान्डोस्कीको किर्तिमान (भिडियोसहित)

एजेन्सी । पोलिस स्टार रोबर्ट लेवान्डोस्की जर्मन बुण्डेसलिगामा आफ्नो क्लबका लागि सिजनको शुरुवाती नौ खेलहरुमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

शनिबार घरेलु मैदान एलिआन्ज एरिनामा युनियन बर्लिनलाई १–२ ले हराएको खेलमा बायर्नका लागि रोबर्टले सो किर्तिमान बनाएका हुन् । खेलको १३औं मिनटमा बेन्जामिन पवर्डले बायर्नका लागि पहिलो गोल गरे ।

त्यस्तै दोस्रो हाफको ५३औं मिनटमा लेवान्डोस्कीले दोस्रो गोल गरे । जुन किर्तिमानी निर्णायक गोल पनि बन्न पुग्यो । साथै बीबीसीका अनुसार यो गोल उनको यस सिजन समग्रमा सिजनको १९औं गोल पनि थियो ।

उता बर्लिनका लागि ८६औं मिनटमा सेवास्टिन पोल्टरले एक मात्र सान्त्वना गोल फर्काए । यो जितपश्चात् ९ खेलबाट १८ अंक जोडेको बायर्न शिर्ष स्थानमा छ । र, दोस्रो स्थानमा रहेको फ्रिबर्ग भन्दा १ अंकले मात्र अगाडी छ । उता पराजित बर्लिन भने ७ अंकका साथ १५औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...