बराबरीमा रोकियो युभेन्ट्स (भिडियोसहित)

एजेन्सी । शुरुवाती अग्रता बनाएर पनि जोगाउन नसकेको सिरि ए लिग लिडर युभेन्ट्सले शनिबार लेक्सेसँग बराबरी खेल्दै अंक गुमाएको छ । खेलमा दुवै गोल दोस्रो हाफमा र दुवै पेनाल्टीबाट सम्भव भए ।

लेक्सेको घरेलु मैदानमा भएको खेलको दोस्रो हाफको शुरुवाततिर युभेन्ट्सका मिरालेम पेनिकलाई घरेलु टोलीका लागि खेलाडीले बक्स भित्र फल गरेपछि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो ।

जसलाई पाउलो डायबलाले ५०औं मिनटमा बिना कुनै गल्ती गोलमा परिणत गरेका थिए । यद्यपि युभेन्ट्सले त्यो अग्रता दश मिनट पनि जोगाउन सकेन । उता लेक्सेले पनि पेनाल्टीको अवसर पायो । जसलाई ५६औं मिनटमा मार्को मनकोसुले पेनाल्टी मार्फत गोल गर्दै खेललाई रोमाञ्चक १–१ को बराबरीमा ल्याएका थिए ।

यो नतिजापछि ९ खेलबाट २३ अंक जोडेको युभेन्ट्स शिर्ष स्थानमा यथावत छ । यद्यपि २१ अंकका साथ दोस्रो स्थानमा रहेको इन्टर मिलानले शनिबार नै पार्मासँग खेल्दैछ । यदि त्यो खेलमा इन्टर विजयी भए, उसले युभेन्ट्सलाई पछि पार्दै शिर्ष स्थानमा उक्लिने छ । त्यस्तै लेक्से भने ८ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा दुइृ स्थानमाथि १६औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...