लिभरपुलसँगको दुरी घटाउँदै सिटी (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ साविक विजेता म्यानचेष्टर सिटीले शनिबार सहज जितका साथ लिगलिडर लिभरपुलसँगको अंक दुरी ३ अंकमा छोट्याएको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले एस्टन मिल्लालाई ३–० ले हरायो । भिल्लाले घरेलु टोलीलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोके तापनि त्यसलाई दोस्रो हाफमा निरन्तरता दिन सकेन ।

दोस्रो हाफको पहिलो मिनटमै रहिम स्टर्लिङले सिटीका लागि गोलको खाता खोलेका थिए । ्६५औं मिनटमा डेभिड सिल्वाले त्यो अग्रता दोब्बर पारे भने ७०औं मिनटमा इल्काय गुन्डोगनले घरेलु टोलीका लागि तेस्रो गोल गरे ।

यस्तै खेलको ८७औं मिनटमा सिटीका फर्नान्डिन्होले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा घरेलु टोली अन्तिम समय दश खेलाडीमा सिमित हुन पुगेको थियो । तर, त्यसले सिटीको सहज जितलाई बाधा पुराउन भने सकेन ।

यो जितपछि १० खेलबाट २२ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ र शिर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरी ३ अंकमा छोट्याएको छ । यद्यपि लिभरपुलले एक खेल कम खेलेको छ र रेड्सले आइतबार टोटेनह्यामलाई हराउन सके, उसले फेरि ६ अंकको अग्रता बनाउन सफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...