डिफेन्डिङ च्याम्पियन लिभरपुलको शानदार जित

एजेन्सी । च्याम्पियन्स लिगमा साविक विजेता लिभरपुलले समुह ई तर्फ आफ्नो दोस्रो जित दर्ता गर्ने क्रममा बुधबार राती बेल्जियन क्लब जेन्कमाथि ४–१ को शानदार जित हात पारेको छ ।

लिभरपुलको जितमा एलेक्स अक्सलेड–चेम्बरलेनले दुई गोल गरे । यद्यपि उनले खेल पश्चात् उनले आगामी खेलहरुमा आफ्नो क्लबले निकै सुधार गर्नुपर्ने भन्न समेत भ्याए । खेल शुरु भएको दोस्रो मिनटमै उनले लिभरपुललाई खेलमा अग्रता दिलाएका थिए ।

यद्यपि बाँकी सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । दोस्रो हाफको ५७औं मिनटमा चेम्बरलेनले नै रेड्सका लागि दोस्रो गोल गरे । त्यस्तै ७७औं मिनटमा साडियो मानेले त्यो अग्रता तेब्बर पारे भने ८७औं मिनटमा मोहदम सलाहले लिभरपुलका लागि चौथो गोल गरे ।

चौथो गोल खाएको एक मिनट बित्न नपाउँदै ८८औं मिनटमा जेन्कका लागि स्टेफन ओडीले एक गोल फर्काए तापनि त्यो गोल केवल सान्त्वना गोलका रुपमा सिमित बन्न पुग्यो ।

त्यस्तै बुधबार नै भएको समूह ई तर्फको अर्को खेलमा नापोलीले रेडबुल साल्जबर्गमाथि ३–२ को जित निकाल्यो । बुधबारको नतिजापछि ३ खेलबाट ७ अंक जोडेको नापोली शिर्ष स्थानमा छ भने ६ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । तीन अंक जोडेको साल्जबर्ग तेस्रो स्थानमा रहँदा १ अंकका साथ जेन्क पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...