युभेन्ट्सको जितमा डायबला नायक (भिडियोसहित)

एजेन्सी । शुरुवाती गोलले पछि परेको स्थिति उल्टाउँदै इटालियनच्याम्पियन युभेन्ट्सले च्याम्पियन्स लिगमा मंगलबार राती रोमाञ्चक जित हात पारेको छ । टुरीनमा सम्पन्न घरेलु मैदानमा युभेन्ट्सले रसियन प्रतिद्वन्द्वी लोकोमोटिव मस्कोलाई २–१ ले हरायो ।

खेलको ३०औं मिनटमा अलेक्सी मिरान्चुकको गोलबाट मस्कोलाई खेलमा अप्रत्याशित अग्रता बनाएको थियो । साथै त्यो अग्रतालाई उसले खेलको दोस्रो हाफसम्म दोगाउन पनि सफल भएको थियो ।

तर खेलको अन्तिमतिर मस्कोले आफ्नो अग्रता गुमाउन पुग्यो । उता खेलमा उत्कृष्ट पूनरागमन गरेको युभेन्ट्सका लागि अर्जेन्टिनी स्टार पाउलो डायबलाले ७७ र ७९औं मिनटमा लगातार दुई गोल गर्दै घरेलु टोलीलाई खेलमा रोमाञ्चक जित दिलाए ।

यो जितपछि युभेन्ट्सले ३ खेलबाट ७ अंक जोडेको छ र समान ७ अंक भए तापनि एटलेटिको मेड्रिडलाई पछि पार्दै गोलभिन्नताका आधारमा शिर्ष स्थानमा छ । स्मरण रहोस, एटलेटिकोले मंगलबार राती नै बायर लेभरकुसेनलाई १–० ले हराएको थियो ।

त्यस्तै समूह डी मा ३ अंकका साथ लोकोमोटिव मस्को तेस्रो स्थानमा छ भने लेभरकुसेन अंकविहीन रुपमा पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...