च्याम्पियन्स लिगमा रियलको पहिलो जित (भिडियोसहित)

एजेन्सी । च्याम्पियन्स लिगमा स्पेनिस जायन्ट रियल मेड्रिडले मंगलबार राती सिजनको पहिलो जित हात पार्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । इस्तानबुलमा सम्पन्न खेलमा रियलले घरेलु टोली गलतासारेलाई १–० ले झिनो अन्तरले हराउँदै प्रशिक्षक जिनेदिन जिदानमाथिको दबाब पनि हलुका गर्न सफल भयो ।

यसै सप्ताहन्त मालार्कोसँग स्तब्धपुर्ण हार बेहोरेको रियल च्याम्पियन्स लिगको समूह ए तर्फ आफ्नो पछिल्लो दुई खेलहरुमा लगातार जितविहीन थियो । यद्यपि मंगलबार १३ पल्टको युरोपियन च्याम्पियनलाई जित दिलाउन पहिलो हाफको १८औं मिनटमा टोनी क्रुसले गरेको एक मात्र गोल प्रर्याप्त बन्यो ।

https://twitter.com/BBCSport/status/1186751580634275841

यो जितसँगै ३ खेलबाट ४ अंक जोडेको रियल समूह ए को दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै मंगलबार नै क्लब ब्रुगीमाथि ५–० को जित निकालेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ९ अंकका साथ शिर्ष स्थानमा छ । २ अंक जोडेको ब्रुगी तेस्रो स्थानमा छ भने गलतासारे १ अंकका साथ पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...