‘ब्रेमल लेन’मा आर्सनलको दुर्भाग्य (भिडियोसहित)

एजेन्सी । प्रिमियर लिगमा सोमबार राती भएको एक मात्र खेलमा लण्डन क्लब आर्सनलले स्तब्धपुर्ण हार बेहोरेको छ । नवआगन्तुक टोली शेफिल्ड युनाइटेडसँग उसकै घरमा १–० ले पराजित हुन पुगेको आर्सनलले फेरि लिगतालिकाको शिर्ष चारमा फर्कने अवसर पनि गुमाएको छ ।

शेफिल्डको घरेलु मैदान ब्रेमल लेनमा खेलको ३०औं मिनटमा लिस मुसेटले क्लोज रेन्जबाट गरेको एक मात्र गोल घरेलु टोलीको जितमा अहम भईदियो । सोमबारको जित प्रिमियर लिगमा फर्किएपछि शेफिल्ड युनाइटेडको अहिलेसम्म कै सबैभन्दा ठूलो जित समेत थियो ।

यो जितपछि ९ खेलबाट १२ अंक जोडेको शेफिल्ड नवौं स्थानमा उक्लिएको छ । उता पराजित आर्सनल भने १५ अंकका साथ पाँचौं स्थानमा छ । र, चौथो स्थानमा रहेको शहरी प्रतिद्वन्द्वी चेल्सी भन्दा २ अंकले पछाडी छ । अंकतालिकाको शिर्ष स्थानमा भने २५ अंकका साथ लिभरपुल यथावत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...