रोनाल्डोको गोलमा युभेन्ट्सको शिर्षता यथावत (भिडियोसहित)

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले गोल गरेको खेलमा लिगलिडर तथा साविक विजेता युभेन्टसले लिगतालिकामा आफ्नो शिर्षतालाई निरन्तरता दिएको छ ।

घरेलु मैदान टुरीनमा भएको खेलमा युभेन्ट्सले बोलोग्नामाथि २–१ को रोमाञ्चक जित निकाल्यो । खेलको १९औं मिनटमा रोनाल्डोले युभेन्ट्सका लागि पहिलो गोल गरे । भर्खरै युरो छनौटतर्फ करियरको ७००औं गोल गरेका उनले शनिबार राती ७०१औं गोल रवाफिलो रुपमा गरे ।

यद्यपि पहिलो हाफकै २६औं मिनटमा डानिलो लारंगिराले बोलोग्नाका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । पहिलो हाफ १–१ को बराबरीमा सकिए तापनि दोस्रो हाफको ५४औं मिनटमा मिरालेम पेनिले युभेन्ट्सका लागि दोस्रो गोल गरे । जुन खेलको निर्णायक पनि बन्यो ।

खेलमा युभेन्ट्सका ४१ बर्षिय लिजेण्डरी गोलरक्षक जियानलुईजी बुफोनको भूमिका पनि महत्वपूर्ण रह्यो । विपक्षी खेलाडीको उत्कृष्ट प्रहार बचाउ गरेका उनले युभेन्ट्सलाई ३ अंक अटुल्न अहम योगदान दिए ।

शनिबारको नतिजापछि ८ खेलबाट २२ अंक जोडेको युभेन्ट्स शिर्ष स्थानमा यथावत छ । उता बोलोग्ना भने ९ अंकका साथ १२औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...