रियल मेड्रिडको स्तब्धपुर्ण हार (भिडियोसहित)

एजेन्सी । स्पेनीस ला लिगातर्फ सिजनको पहिलो हार बेहोर्ने क्रममा रियल मेड्रिडले शनिबार राती मालोर्कासँग ०–१ को स्तब्धपुर्ण पराजय बेहोरेको छ ।

मालोर्काको घरेलु मैदानमा भएको खेलको सातौं मिनटमै लागो जुनियरले गरेको एक मात्र गोल घरेलु टोलीलाई महत्वपूर्ण तीन अंक दिलाउन प्रर्याप्त बन्यो । उता रियललाई खेलमा फर्किने अवसर पनि थियो ।

करिम बेन्जेमाले गरेको गोल प्रयास बारमा लाग्नु रियलका लागि दुर्भाग्यपुर्ण बन्यौ । साथै दोस्रो हाफको ७४औं मिनटमा अल्भारो ओड्रिओजोलाले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि रियल खेलको अन्तिमतिर दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

यो नतिजापछि रियल ९ खेलबाट १८ अंकका साथ दोस्रो स्थानमा छ र शिर्ष स्थानमा रहेको साविक विजेता बार्सिलोना भन्दा १ अंकले पछि परेको छ । उता मालोर्का भने १० अंकका साथ १४औं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...